चोया



हावा भरिएको बेलुन
काँडामा ठोक्किएपछि खुत्रुक्क खुम्चिएझैँ
उमेरको अन्तरालमा
खुच्दा खुच्दै अभावका सुइराहरूले
खुम्चि गएछ अनुहार

गन्न नसकिने अनुहारको मुजाहरु र
तौलिन नसकिने मनका वेदनाहरुले
जतिसुकै दुखाएपनि
कहिल्यै छोडेनौ चोयाले सपना बुन्न

जिन्दगी चिरेर डोको बनाउँछौ कि ?
चोया चिरेर जिन्दगी बनाउँछौ ?
देशलाई चरचरी चिर्नेहरुले त
महल बनाएछन ।

                                #Unknown

No comments:

Post a Comment

OOP

  UNIT 5. Object Oriented Programming (3 marks)     1. What are the programming methods or approaches of program development?   Th...

designs

designs

Pages