दुःख बेचेर सुख किन्न नसकेका
तिम्रा विपनाहरुले
रातमा सताउदो हो
तिम्रा सपनाहरुलाई ।
तिमीलाई अवगत हुदाेँ हाे
तिम्राे मित्र पुगि माथि
भर्याङ लुकाइ तान्ने अभिनयको
अनि विवश छौ तिमी फगत् हेरिरहन
सफलता मुनि संघर्ष उदयकाे ।
याे कस्ताे आवाज तिम्राे
जसकाे कुनै ठाेस आवाज छैन
तर मन मस्तिक कम्पन छन् चिच्याहटले
यसै कसै निस्कन दिन्न उनी कसैकाे चाहतले
तर छ्वाताछुल्ल भइिदन्छ कहीँ कतै
सेताम्य शहरमा
काला मसिका मातले
देशका लागि त धेरै नारा लगायाै
आज आफ्नै विरुद्ध नारा लगाएर
भन्दो हो अन्तस्करण मुर्दावाद !
– श्रीराज शाही
No comments:
Post a Comment