म गाउँ मन पराउँछु । गाउँमा हुन्छ हार्दिकता ! एउटा मीठो स्नेह÷आतिथ्य र प्रेमको अजस्र स्रोत गाउँमै छ । गाउँमै हुनुहुन्छ मेरी ममतामयी आमा । म आमालाई आदरपूर्ण सम्मान गर्छु । मेरी आमा बस्ने गाउँ मलाई आमाजत्तिकै आदरपूर्ण लाग्छ । स्नेहको अर्को नाम गाउँ । सुन्दरताको अर्को नाम गाउँ । हार्दिकताको अर्को नाम गाउँ । सद्भावको अर्को नाम गाउँ ।
गाउँमा निरन्तर शीतलता दिने बूढो पीपल हुन्छ । सुगन्धका सुवास छरिरहने धूपीका लहलहाउँदा पालुवा हुन्छन् । दुःखका ब्लुजहरू सुसाइरहने सल्लाका हाँगा छन् । सङ्गीतका आलाप अलापिरहने ससाना खोलखोल्सीहरू छन् । तालतलैयामा निर्बाध खेलिरहने पानीचराहरू छन् । नीरव आकाशमा उडिरहने गौँथली छन् । हरदम मन आल्हादित बनाउने सौन्दर्यका सुनबुकी, बेली–चमेली, हसनाका फूल छन् । सुनाखरी, वेगमवेली, जाई–जुही र लाहुरे फूलहरू फुलिरहेका छन् ढकमक्क । अविचल पहाडहरू छन् । झरनाहरू, खोलाहरू, देउरालीहरू, भञ्ज्याङहरू र थकानमा भारी बिसाउने चौतारीहरू गाउँमै छन् । गाउँमा के छैन ? सबथोक छ ।
हाम्रा आँगनसम्म सूर्य उदाउने हिमाल त्यहीँ छ । सूर्य अस्ताउने पहाड त्यहीँ छ । बादलमा अमूर्त बुट्टामा रमाउने क्षितिजको बैजनी रङ् त्यहीँ छ । हिमालको दृश्यलाई क्यामेराको आँखाबाट हेर्ने पर्यटकहरू हुन् या गहभरि आँसुका बूँदहरू टिलपिलाएर पर्यटकलाई हेरिरहेका निर्दोष आँखा गाउँमै छन् । नदी, झरना, हिमाल र तटेलीहरूमा पिरती लगाउँदै शीतलता पोतेर डबलीमा झर्ने प्रिय जून गाउँमै छ । युद्धमा होमिन तम्तयार सिपाही जस्तै निर्भीक र अटल उभिएका हिमालहरू गाउँमै छन् । एक अटल आस्था । एक अविचलित विश्वास । एक अनन्त आयाम । एक अविश्रान्त त्याग । एक अनवरत तपस्या । एक अनुपम सौन्दर्य गाउँमै छन् । सबथोक छ गाउँमा । गाउँ बुद्धका मन्त्रहरूमा मुग्ध छ । गाउँ गान्धीहरूको आदर्शमा मग्न छ । गाउँ मण्डेलाको स्वाभिमानमा स्वतन्त्र छ । गाउँ लिङ्कनको उदारताले उदात्त छ । गाउँ नित्सेका दृढतामा दृढ छ । गाउँ आइन्स्टाइनका अनन्त कल्पनाले नित्य तरङ्गित छ ।
सहरको कोठाबाट गाउँ पलपल सम्झन्छु । म सम्झिरहन्छु– गाउँका मट्याइला दिनहरू; धुमिल साँझहरू, सुनसान रातहरू, धिपधिपाउँदै जलिरहेका टुकी र दियोका उज्यालाहरू, सुकसुकाउँदै बिहानी सङ्केत गरिरहेका कुखुराका भालेहरू र लाटोकोसेराका कुलुलुलु आवाजहरू, बिहान चराका आवाजसँगै बिउँझिएका झरिला बिहानहरू, म भुल्न पटक्कै सक्दिनँ ।
मलाई गाउँको सुकिलो बिहानीमा सूर्यरश्मिको कलिला ओठहरूले सँघार चुमेको मन पर्छ । वृद्ध बाबाहरूले फुकेको शङ्ख–घण्टाको मधुर आवाजसँगै बिउँझिएका तन्नेरी–तरुनीको उत्साह मन पर्छ । हरेक बिहान मानिसका पदचापसँगै आँगनीका डिलमा मुस्कुराएर स्वागत गर्ने नौरङ्गी फूलको सौन्दर्यले मोहित हुन्छु । पहाडका तरेलीहरूमा दुःखका ब्लुजहरू गाउँदै, उत्तालिँदै झरेका झरनाहरूको उत्ताउलोपना हेर्दै भावुक हुन्छु । म सौन्दर्यमा लठ्ठ हुने महाकवि बनेर कहिले गाउँका पाखापखेरामा लाग्ने भुइँ कुहिरोसँगै लहरिँदै भावनाका उजेलीहरूमा उजेलिन्छु, कहिले पानी बनेर खेतका गह्रामा पोखिन्छु, कहिले हिउँका अक्षर बनेर शैलुङ र कालिञ्चोकका पाखामा पोखिन्छु । कहिले पोखिँदै चिसा रातहरूमा कलिला पूmलहरूमा÷मुनाहरूमा तुसारो भएर कक्रक्क जताततै छाइदिन्छु ।
म गाउँ–
लेखिन बाँकी एउटा कविता हुँ
म गाउँ–
सुनिन बाँकी एउटा विविधता हुँ
म गाउँ–
हेरिन बाँकी एउटा स्वाधीनता हुँ !
म निर्भय गाउँको गीत लेख्छु । अक्षरका हरेक दानामा गाउँको सौन्दर्य सुभाषित भएको हेर्न रुचाउँछु । मलाई गाउँको अनुपम सौन्दर्यले हरक्षण तान्छ । मेरो गाउँमा मालीगाई छ । तारे÷राते÷सिन्दूरे÷फुर्के र झुले गोरूहरू पनि छन् । बुढी घोर्लीबाख्री छे, उसका सुन्दर पाठाहरू छन् कान्लामा उफ्रिँदै खेल्ने । आँगनीमा सिँगारी र लाम्कानेसँग रमाउँदै खेल्ने केटाकेटीहरू छन् । दुःखहरू छन्– असाध्यै ! पीडाहरू छन्– अथाह ! पीडा÷दुःख भुल्ने हार्दिक भावनाको समाज छ । शान्त र स्निग्ध बस्तीहरू छन् । अर्मपर्म, मेलापात गर्ने सामूहिक भावनाका साथीसँगाती छन् । विश्वप्रसिद्ध अस्तित्ववादी लेखक अल्वेयर कामुले जन्माएको सिसिफस जस्ता पात्रहरू छन् । जो सधैँ दुःखैदुःखमा हुर्किएका ‘दुःखी’ पात्रहरूको परिचय बनाए पनि जीवनमा प्रफुल्ल छन् । अविरल मुस्कुराइरहेका÷जीवनसँग जुधिरहेका– निर्विघ्न र निर्धक्क सामथ्र्य छ उनीहरूको । ढिँडोको लिटो खाएर झोलुङ्गोमा मस्त निदाइरहेका शिशुहरू हुन् या गोधूलि समयमा घाँस दाउरा बोकेर साँझमा घर फर्किएका बुढाबुढीहरू हुन् सबै प्रफुल्ल छन् गाउँमा । गाउँमा ‘डिप्रेसन’ पुगेको छैन । गाउँमा बेचैनी पुगेको छैन । गाउँमा चिटचिटाहटपन पुगेको छैन । केवल उत्साह र उमङ्गका मुजुरा र गाँज छन् ।
गाउँ जहाँ– गौँथलीहरू खुला आकाशमा कावा खाँदै स्वतन्त्रताको पाठ पढाउँछन् । पुतलीहरू सौन्दर्यको संवाहक बन्दै बगैँचामा अप्सरा नृत्य देखाइरहेका हुन्छन् । जङ्गलमा घँसेनीहरूको गीतका मूच्र्छनाहरूमा चुपचाप बहन्छ– शान्त पवन ! हटेराहरूको लामा लस्करमा पोखिरहेको देख्छु उमङ्गको सिन्दूर । गाउँमा छन् सबै खुसी, गाउँमै छ जीवनको दर्शन । फूल त्यहीँ छ । सौन्दर्यको लालित्य त्यहीँ छ । सुख त्यहीँ छ । सन्ताप त्यहीँ छ । दुःख त्यहीँ छ । रोदन त्यहीँ छ । हार्दिकता त्यहीँ छ । विछोड त्यहीँ छ । मिलन त्यहीँ छ । आँसु त्यहीँ छ । हाँसो त्यहीँ छ । प्रेम त्यहीँ छ । तृष्णा त्यहीँ छ । के छैन ? सबथोक त्यहीँ छ । जहाँ प्रिय गाउँ छ ।
सबथोक भएर पनि अचेल गाउँ सुनसान छ । बाटो, दोबाटो र चौबाटाहरू सुनसान छन् । रोदी, घाटु, दोहोरी र मारुनी सुनसान छ । मेलापात, अर्मपर्म र बेठी गम्कने खेत सुनसान छ । झ्याउरे, श्लोक, बालन भन्ने मझेरीहरू सुनसान छन् । देउसी–भैलो र कर्खा गाउने आँगन सुनसान छ । सुनसान छन्– ठूलानागी, सानानागी, देउराली, भञ्ज्याङ पाटन र पठारहरू ।

हो, सुनसान छ मेरो गाउँ
चुपचाप चुपचाप छन् पवनका पदचापहरू
ठिङ्ग एक्लो सुसाइरहेछ बूढो सिमल
नदी चुपचाप बगिरहेछ ।
चुपचाप उदाउँछ उही पुरानो घाम
रातको सन्नाटा च्यातेर
निरन्तर उदाइरहेछ–
नाङ्लो जत्रो जून !
म जूनको एक तमास उज्यालोमा गाउँको रात्रिकालीन समयको कल्पनामा डुबिरहेँछु । पर क्षितिजमा बैजनी रङ्का बादलको अमूर्त कला । झ्याउँकीरीको चिरिङ्–
चिरिङ् आवाज । पर कतै कराइरहेको हाप्सिलोको कर्कश आवाज ! आफ्ना सन्तति परदेशिएका बाआमाको अनिद्रित गहिरो उच्छवास ! जूनको शृङ्गारिक प्रकाशले नदीमा चुहाइरहेको उज्यालो । चुपचाप शान्त बगिरहेका खोलानालाको शान्त आवाज । यी सबै दृश्यहरूको गाढा याद यो मुटुमा कँुदिएकै छन् ।
घर एक्लो छ । एक्ला–एक्ला छन् आँगन, डबली, चौतारी र पधेँराहरू ! डबलीमा न्यानो घाम आङमा तापेर निदाउने बाजेबजैहरू छैनन् । दिउरेको तेल थाप्लोमा लगाउँदै नानी बढ ! बढ !! भन्दै लोरी गाउने आमा र शिशुहरू छैनन् । आँगनीको डिलमा नाचिरहने केराका पातहरू छैनन् । पँधेरामा दुःखका सुस्केरा छोडाउने भाउजू–बुहारी र छोरीहरू छैनन् ।
नागीहरू त्यहीँ छन्– गोठाला र घँसेरूहरू छैनन् । चौताराहरू त्यहीँ छन्– चौतारीमा दुःख बिसाउने भरियादाइहरू छैनन् । देउरालीहरू त्यहीँ छन्– देउरालीमा फूलपाती र ढुङ्गा चढाउने बटुवाहरू छैनन् । चिसो पानीका जरुवा र कुवाहरू त्यहीँ छन्– पातमा जरुवाको पानी उभाएर पिउने प्यासी बटुवाहरू छैनन् ।
पीपलका बोटहरूसँग विछोडिएका छन्– थकानमा जम्मा हुने बुढाबाहरू ! भकारीसँग भोकको कुनै साइनो छैन । खेत, बारीसँग सुन फलाउने कुनै ऊर्जा छैन । बाँझा खेतबारीहरू पैरोले पुरेका छन् । तन्नेरा तन्नेरीहरू जम्मा हुने हाट–बजार र चिया पसलहरू सुनसान छन् । मेरो गाउँ गाउँजस्तो छैन । म पूर्णरूपमा परनिर्भर छु । गाउँ समग्रमा पराश्रित छ । गाउँमा यौवनाहरूको गालामा लालीगुराँस फुल्दैन । ओठमा मनमोहक सुनाखरी मुस्कानहरू छैनन् । जुरेलीका कलिला बच्चाझैँ हरदम चारोको आसमा प्रतीक्षा गरिरहेछ गाउँ । म आफ्नै हृदयसँग प्रश्न सोध्छु– “म किन हराएँ गाउँबाट ? म किन टाढिएँ गाउँबाट ?” म निरुत्तर छु । म बेखवर छु । म गाउँका दुरुहहरूसँग किन पौँठेजोरी खेल्न सकिरहेको छैन ? कसले दिन्छ मेरो प्रश्नको उत्तर ? दोबाटोहरूमा अलमलिएको कुनै अमूक बटुवाझैँ तिलमिलाएको छ मेरो गाउँ । म हरेकक्षण मृगले कस्तुरी खोजेझैँ भौँतारिरहेको छु टाढा टाढा यो स्वप्नको सहर । मैले किन चिन्न सकिरहेको छैन गाउँको हार्दिकता ? किन पढ्न सकिरहेको छैन गाउँको सौन्दर्य ? किन लेख्न सकिरहेको छैन आजसम्म गाउँको
निःस्वार्थता ? म आलोकभित्र पनि महाआलोक देखिरहेको छु गाउँमा । कति प्रिय र स्निग्ध छ मेरो गाउँ ! कति उदार र प्रेमिल छ मेरो गाउँ । कति मनमोहक र चित्ताकर्षक छ मेरो जन्मथलो ! कति निःस्वार्थ र हार्दिक छ मेरो गाउँ !
म हरेक दिन गाउँ सम्झिरहेको हुन्छु । म हरेकपल गाउँ सोधिरहेको हुन्छु । मेरा हृदयका हरेक तरङ्गहरूमा तरङ्गित भइरहने गाउँ नै हुन्छ, मेरा मस्तिष्कका मन्दिरहरूमा गाउँ पुजिरहेको हुन्छु । कतै हराएँ भने म, गाउँ नै खोजिरहेको हुन्छु । मनमा राखे पनि बिझाउँदैन मेरो गाउँ । मुटुमा राखे पनि दुखाउँदैन मेरो गाउँ ।

श्रीबाबु कार्की उदास
No comments:
Post a Comment