Board concept of marketing (बजारशास्त्रको आधुनिक व्यापक अवधारणा)
यस अवधारणा अनुसार वजारशास्त्र भन्नाले संगठनात्मक उद्देश्य प्राप्त गर्नका लागि लक्षित बजारलाई सन्तुष्टि दिने गरि वस्तु वा सेवा प्रदान गर्नका लागि योजना बनाउने, मूल्य निर्धारण गर्ने, श्रेणीकरण गर्ने, प्रबन्धन गर्ने र विक्रि वितरण गर्ने सम्पूर्ण क्रियाकलापहरुलाई बजारशास्त्र भनिन्छ । यस अवधारणाले वस्तुमुखी अवधारणाबाट उपभोक्तामुखी अवधारणामा परिवर्तन गरेको छ । यस अवधारणाले कुनै पनि संगठनले लक्ष्य ग्राहकका आवश्यकता अध्ययन र पहिचान गरि वस्तु वा सेवा उत्पादन गर्दछ भने उसले आ–आफ्नो उद्देश्य हासिल गर्दछ भन्ने मान्यता राखेको छ । यस अवधारणाका समर्थकका अनुसार बजारशास्त्र भन्नाले उपभोक्ताका आवश्यकता इच्छा र चाहना अनुरुपका वस्तुहरु उत्पादन गरि उनीहरुलाई सन्तुष्टि प्रदान गर्नु हो । यस अवधारणालाई ग्राहक निति अवधारणा पनि भनिन्छ ।
Philip katler का अनुसार "निश्चित ग्राहकहरुका चाहना वा आवश्यकताहरुलाई नोक्सान नपारी सन्तुष्टि पार्ने उद्देश्यले फर्मका ग्राहकका बाँकी स्रोतहरु, नितिहरु तथा क्रियाकलापहरुको विश्लेषण, संगठन, योजना तथा नियन्त्रण सम्बन्धि क्रियाकलापलाई बजारशास्त्र भनिन्छ ।"
सारशंमा वस्तुको उत्पादन र विक्रि मात्र नभई उत्पादन गर्नु भन्दा पहिले देखि गरिने सम्पूर्ण क्रियाकलापका साथै विक्रि पछि पनि दिइने सेवालाई बजारशास्त्र भनिन्छ । बजारशास्त्र ग्राहकका इच्छा, आवश्यकता, चाहना र क्षमताको पहिचान गरि सोहि अनुरुपका वस्तु सेवा उत्पादन गरि विक्री वितरण गर्ने कार्यहरु समेटिएका हुन्छन् । यस अवधारणाले ग्राहकको सन्तुष्टि र संगठनको लक्ष्य प्राप्ति तर्फ जोड दिएको छ ।
Production concept (उत्पादन अवधारणा)
सन् १९२० भन्दा अगाडी यो अवधारणा अति नै लोकप्रिय थियो । यो अवधारणा सबै भन्दा पुरानो अवधारणा हो । यस अवधारणा अनुसार ग्राहकले बजारमा उपलब्ध सस्तो मुल्यका वस्तुलाई स्वकार गर्दछ भन्ने मान्यता राख्दछ । यस अवधारणाको मुख्य उद्देश्य व्यवसायबाट सफलता प्राप्त गर्न, उत्पादनमा वृद्धि गरि लागतमा कटैता गर्ने र वस्तुको व्यापक वितरणमा आफ्नो ध्यान केन्दि«त गर्छ । यो अवधारणालाई उत्पादनमुखी अवधारणा पनि भनिन्छ । यो अवधारणा पनि भनिन्छ । यो अवधारणा औद्योगिक क्रान्तिको प्रारम्भिक अवस्थामा संसारका विकसित राष्ट्रहरुमा अत्याधिक रुपमा प्रचलित थियो, त्यस समयमा वस्तुको उत्पादन भन्दा माग बढी थियो । यो अवधारणाले ग्राहकको इच्छा, आवश्यकता, क्षमता र चाहानालाई भन्दा पनि वस्तुको उत्पादनमा आफ्नो ध्यान केन्दि«त गर्दछ । जुन व्यवसायले बढी भन्दा बढी वस्तु उत्पादन गरी बजारमा विक्री वितरण गर्न सक्थ्यो, त्यस्तो व्यवसायलाई राम्रो व्यवसाय भनिन्छ । तर उत्पादकहरुले सस्तो मुल्यमा वस्तु उपलब्ध गराउदा गराउदै पनि ग्राहकहरुले वस्तुको माग गर्न छाडे र व्यवसाय बन्द गर्नु पर्ने स्थििको सिर्जना हुन गयो । त्यस पछि वस्तु अवधारणाको जन्म हुन गयो ।
Product concept (वस्तु अवधारणा)
इो अवधारणा सन् १९२० देखि सन् १९३० को दसकमा ज्यादै लोकप्रिय थियो । उपभोक्ताले अपेक्षाकृत, राम्रो, गुणस्तरीय र नयाँ विशेषताका वस्तुहरुलाई मात्र स्वकार गर्दछन् भन्ने मान्यता राख्ने अवधारणालाई वस्तु अवधारणा भनिन्छ । यस अवधारणाको मुख्य उद्देश्य उत्पादन दक्ष्ताद्धारा उचच गुणस्तरका र नयाँ विशेष्ताको वस्तु उत्पादन गरी अधिक विक्री परिमाण द्धारा मुनाफा आर्जन गर्नु हो । यस अवधारणाका साथ ग्राहकले उपयोगको लागि वस्तु किन्दछन् तर समस्याको लागि होइन भन्ने मान्यता राख्दछन् तर समस्याको लागि होइन भन्ने मान्यता राख्दछ । यस अवधारणाले राम्रो गुणस्तरीय वस्तु बनाउन सक्दा मात्र बजार आफ्नो हुन्छ भन्ने मान्यता राख्दछ । यो अवधारणा वस्तुको मुल्यमा भन्दा पनि गुणस्तरमा बढी सम्वेदनशील हु५ । यो अवधारणाले ग्रहाकको इच्छा, आवश्यकता, चाहाना, रुची र क्षमतालाई ध्यान नदिइ वस्तुको मुल्य, गुणस्तर र वस्तरको नयापनलाई बढी प्राथमिकता दिइएको छ । यो अवधारणा लामो समय सम्म चल्न सकेन त्यसपछि विक्री अवधारणाको जन्म हुन पुग्यो ।
Selling concept (विक्री अवधारणा )
इो अवधारणा बजारशास्त्रको तेस्रो अवधारणाहो । यो अवधारणा सन् १९५० को दसकमा ज्यादै लोकप्रिय थियो । कुनै पनि व्यवसाय संगठनले नति सुकै राम्रो, गुणस्तरीय, बस्तुको नयनपन र मुल्य कम गरेतापनि जबसम्म ग्राहाकलाई वस्तुको बारेमा जानकारी गराइदैन तबब सम्म ग्राहक वस्तु किन्न उत्प्रेरित हुदैन भन्ने मान्यता राख्ने अवधारणालाई विक्री अवधारणा भनिन्छ ।
No comments:
Post a Comment